Kathmandu Press

‘बैठकपछि पार्टी एक ढिक्का भएर आउँछ’

केन्द्रीय समितिको चौथो दिनको बैठकपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनले बैठक सकिदाँसम्म पार्टी एक ढिक्का भएर आउने बताए।
‘बैठकपछि पार्टी एक ढिक्का भएर आउँछ’

काठमाडौं, साउन २० : प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा चार दिनसम्मको छलफलले पार्टीलाई एक ढिक्का बनाएको दाबी गरेका छन्।

बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समितिको चौथो दिनको बैठकपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनले बैठक सकिदाँसम्म पार्टी एक ढिक्का भएर आउने बताए।

‘लोकतन्त्रको भने पनि जनवादको भने पनि धेरै ठूलो र उच्च अभ्यास भयो चार दिनसम्म । पार्टी अब एकढिक्का भयो भन्ने महसुस यहाँ आउने सबैलाई भएको छ,’ उनले भने, ‘वादविवाद र संवाद यो बैठकमा टुङ्गीदै छ । लास्टसम्म आउँदा पार्टी एक ढिक्का भएर आउँछ।’

बैठकमा नेताहरुले बोल्के क्रम सकिएको र आइतबार निर्णय आउने बताइएको छ।

 

 

प्रकाशित मिति: २१:०३ बजे, शनिबार, साउन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्