Kathmandu Press

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– यो राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छ

काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले यही गणतन्त्र, यही धर्म निरपेक्षता र संघीयताको बाटोले देशलाई दुर्घटनामा लैजाने टिप्पणी गरे।
राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– यो राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छ
फाइल तस्बिर।

काठमाडौं, साउन २० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजाने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले यही गणतन्त्र, यही धर्म निरपेक्षता र संघीयताको बाटोले देशलाई दुर्घटनामा लैजाने टिप्पणी गरे।

‘नेपालको राजनीतिमा दुई वटा कित्ता छ । गणतन्त्र, यही धर्म निरपेक्षता, संघियता र त्यसले अवलम्बन गरेको बाटो ठीक छ र अहिले जे भइराखेको छ त्यसैबाट देशलाई अगाडि लैजानुपर्छ भन्ने एउटा कित्ता छ,’ उनले भने, त्यो बाटोले देशलाई निकास दिँदैन मात्र होईन देशलाई दुर्घट्नामा लान्छ। त्यसकारण त्यो परिवर्तन जरुरी छ भन्ने त्यो अर्को पाटो हो राप्रपा पार्टी हो।’

अध्यक्ष लिङ्देनले काम नगरी राप्रपाको नेता हुने सुविधा र छुट कसैलाई नभएको बताए । उनले राप्रपामा पनि परिर्वतन जरुरी रहेको बताए। ‘काम नगरी राप्रपाको नेता हुन पाँईदैन्। सुविधा र छुट छ्रैन्,’ उनले भने।  

तीन तहको सरकार नचाहिँने भन्दै उनले हिन्दु राष्ट्र र राजा चाहिन्छ भन्ने राप्रपा बाहेक अरु कुनै पार्टी नभएको बताए। उनले भने, ‘राप्रपालाई अरु पार्टीको नेता जस्तो भ्रष्ट हुने सुविधा छैन् अरु नेता जस्तो १० गेट बनाएर दलाली गर्ने छुट पनि छैन्।’

उनले आफूले आफ्नै देशका अस्पतालमा उपचार हुन नसकेपनि देशको पैसा खर्च गरेर विदेशमा गएर उपचार नगर्ने उद्घोष गरे।

 

 

प्रकाशित मिति: २१:०० बजे, शनिबार, साउन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्