प्रधानमन्त्रीद्वारा उत्तराखण्डमा बेपत्ता नेपाली नागरिकको खोजीका लागि कूटनीतिक पहल
सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री दाहालले सो घटनाको खबरले आफू मर्माहत भएको भन्दै उनीहरुको खोजीका लागि कुटनीतिक पहल भएको बताएका छन्।
काठमाडौँ, साउन २० : प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार राति भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजीका लागि सरकारले कूटनीतिक पहल गरेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री दाहालले सो घटनाको खबरले आफू मर्माहत भएको भन्दै उनीहरुको खोजीका लागि कुटनीतिक पहल भएको बताएका छन्।
‘गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु,’ उनले लेखेका छन् ‘यस दुखद् घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु।’
पहिरोमा परी बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो।











