Kathmandu Press

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : मन्त्री बस्नेत

‘कतिपय योजना राम्रा हुँदाहुँदै काम हुन नसकेका उदाहरण थुप्रै छन्, स्थानीयवासीको रोजगारी, सुविधा र समृद्धि जोडिएको यहाँ वैदेशिक सहयोगमा देशकै नमूना अस्पताल बन्दैछ, अस्पताल निर्माणलाई अघि बढाउन सबैको समन्वय र सहयोग होस्,’ उनले भने।
स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : मन्त्री बस्नेत

काठमाडौं, साउन २० : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।

भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमांकन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए।

‘कतिपय योजना राम्रा हुँदाहुँदै काम हुन नसकेका उदाहरण थुप्रै छन्, स्थानीयवासीको रोजगारी, सुविधा र समृद्धि जोडिएको यहाँ वैदेशिक सहयोगमा देशकै नमूना अस्पताल बन्दैछ, अस्पताल निर्माणलाई अघि बढाउन सबैको समन्वय र सहयोग होस्,’ उनले भने।

पाँच सय ७० रोपनी सरकारी जग्गामा एक हजारदेखि एक हजार पाँच सय शय्याको अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण सरकारले विसं २०७३ मा निर्णय गरेको थियो। उक्त स्थानमा अस्पताल निर्माणका लागि सरकारले चीनसँग अनुरोध गरेकामा केही वर्षअघि चिनियाँ टोलीले त्यस क्षेत्रमा सम्भव्यता अध्ययनसमेत गरेको थियो।

अध्ययन टोलीले त्यस बेला जग्गा समथर नभएको तथा बाटो, पानी र विद्युत्को पहुँचको विषयमा केही प्रश्न उठाएको थियो । प्रधानमन्त्रीको आगामी भ्रमणका अवसरमा चीनसँग उक्त अस्पताल निर्माणका लागि अनुरोध गर्ने गरेको गरिएको उनले बताए।

‘प्रधानमन्त्रीको चीन भ्रमणअघि नै अहिले यहाँ हामीले गर्नुपर्ने प्रारम्भिक कार्य पूरा होस्,’ उनले भने, ‘कूटनीतिक माध्यमबाट यो आयोजनालाई अघि बढाउनुपर्छ । मौकामा सदुपयोग गर्न सकिएन भने दाताको सहयोग अन्यत्र जान सक्छ।’

प्रकाशित मिति: १९:४६ बजे, शनिबार, साउन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्