Kathmandu Press

उपमहासचिव शर्माले भने- अध्यक्ष प्रचण्डलाई साथ दिँदै आए पनि गलत प्रचार गरिएकाे छ

‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो, कुन चाहिँ अप्ठ्यारो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनुभएन?’
उपमहासचिव शर्माले भने- अध्यक्ष प्रचण्डलाई साथ दिँदै आए पनि गलत प्रचार गरिएकाे छ

काठमाडौं, साउन २० : माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जुनसुकै संकटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिँदै आएको बताएका छन्। अध्यक्षले चाहेका बेला आफ्नो मतसमेत थाती राखेर काम गरेको जिकिर पनि उनले गरे।

कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्दा नेतृत्वलाई असहयोग गरेकाे भनेर आफूविरूद्ध अनर्गल प्रचार हुने गरेकाे उनले स्पष्ट पारे। ‘कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि। तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ,’ काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा उनले भने, ‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो, कुन चाहिँ अप्ठ्यारो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनुभएन?’

उनले थपे, 'स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैँले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भए पनि त्यसको पालना गरेकै छु।’

आफूलाई गुटको नेता मान भनेर कसैलाई नभनेको तर विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा भने आफूले उठाएको शर्माले बताए। ‘चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला,’ उनले भने। आफू सधैं अध्यक्षकै रहेको तर २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारेकोप्रति शर्माले असन्तुष्टि व्यक्त गरे।

प्रकाशित मिति: १७:३५ बजे, शनिबार, साउन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्