Kathmandu Press

अग्रज नेताबारे जनमानसमा जानकारी गराउनु जरूरी छ : सभापति देउवा

सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले कांग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औं स्मृति सप्ताहको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको सभामा सभापति देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरुको बारेमा अध्ययन र अनुसन्धान गरि जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका हुन्।
अग्रज नेताबारे जनमानसमा जानकारी गराउनु जरूरी छ : सभापति देउवा

काठमाडाैं, साउन २० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अग्रज नेताहरुका बारेमा जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका छन्।

सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले कांग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औं स्मृति सप्ताहको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको सभामा सभापति देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरुको बारेमा अध्ययन र अनुसन्धान गरि जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका हुन्।

सभापति देउवाले पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई पहिलो पंक्तिको स्मरणीय नेताका रुपमा पुनःस्थापित गर्दै शीर्षस्थ नेताका रुपमा उपाध्यायको तस्बिर पार्टी कार्यालयमा राख्ने निर्णयले आफुलाई खुसी लागेको धारणा राखे। उनले विना कारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय हुन पुगेको भन्दै अहिले पार्टीले न्याय गरेको जिकिर गरे।

देउवाले पार्टी निर्माणमा सूर्यप्रसाद उपाध्यायले लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गरेका थिए। 

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, साउन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्