Kathmandu Press

सामाजिक सञ्जाललाई नियमन गर्ने विषयमा भने छलफल भइरहेको छ : मन्त्री गुरुङ

नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकमाथिको छलफल कार्यक्रममा उनले भने, 'सूचना प्रविधि विधेयकबारे व्‍यापक छलफल भएको छ तर सञ्चार क्षेत्रलाई नियन्त्रण हुने गरी कानुन बन्‍दैन।’
सामाजिक सञ्जाललाई नियमन गर्ने विषयमा भने छलफल भइरहेको छ : मन्त्री गुरुङ

काठमाडौं, साउन २० : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताएका छन् ।

नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकमाथिको छलफल कार्यक्रममा उनले भने, 'सूचना प्रविधि विधेयकबारे व्‍यापक छलफल भएको छ तर सञ्चार क्षेत्रलाई नियन्त्रण हुने गरी कानुन बन्‍दैन।’

सामाजिक सञ्जाललाई नियमन गर्ने विषयमा भने छलफल भइरहेको उनले बताए। 'सोसल मिडियाले अति नै गर्न थाले। जे पायो त्यही गरेको छ। मलाई त सुनैसुन लाएर सुन बुढा बनाए भन्ने कुरा उठेको थियो। यो अवस्थालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा भएको छ।’

सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल नियन्त्रणका लागि विधेयककाे मस्यौदा बनेको आफूले सुने पनि त्यसबारे थप जानकारी लिन बाँकी रहेकाे उनकाे भनाइ थियाे।

प्रकाशित मिति: १७:१२ बजे, शनिबार, साउन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्