उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धार गर्न परराष्ट्रमन्त्रीकाे आग्रह
आज (शनिबार) साउदले मुख्यमन्त्री धामीलाई टेलिफोन गरेर रुद्रप्रयागको गौरीकुण्डमा बिहीबारदेखि परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन्।
काठमाडौं, साउन २० : शनिबार परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि त्यहाँका पुष्करसिंह धामीलाई आग्रह गरेका छन्।
आज (शनिबार) साउदले मुख्यमन्त्री धामीलाई टेलिफोन गरेर रुद्रप्रयागको गौरीकुण्डमा बिहीबारदेखि परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन्।
रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी १९ जना बेपत्ता भएका छन्। बेपत्तामध्ये अधिकांश नेपाली रहेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
मुख्यमन्त्री धामीले बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकाय खटाइएको परराष्ट्रमन्त्री साउदसँग बताएकाे जनाइएकाे छ।
प्रकाशित मिति: १५:०७ बजे, शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार