प्रधानमन्त्री र गौर हत्याकाण्डका पीडितबीच भेट
प्रधानमन्त्री दाहालले आफ्नो निवास बालुवाटारमा शनिबार बिहान गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोलीसँग भेट गरेका हुन्।
काठमाडौं, साउन २० : प्रधानमन्त्री पुष्पकमल दाहालले गौर हत्याकाण्डका पीडितसँग भेट गरेका छन्। प्रधानमन्त्री दाहालले आफ्नो निवास बालुवाटारमा शनिबार बिहान गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोलीसँग भेट गरेका हुन्।
भेटका क्रममा प्रधानमन्त्री दाहालले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको उनको सचिवालयनले जनाएके छ।
गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन्। उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम गररहेका छन्।
प्रकाशित मिति: १२:०१ बजे, शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











