गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
पीडितको मागबारे वार्ता सम्वादका माध्यमबाट तत्काल समाधान गर्न आग्रह गरिएको हो।
काठमाडौं, साउन २० : प्रधानमन्त्री पुष्पकमल दाहालले गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाएका छन्।
प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै अनसनरत समितिका संयोजक रुपसागर देवी उपाध्यायलाई आन्दोलनको कार्यक्रम फिर्ता गरेर वार्तामा आउन आग्रह गरेका हुन्।
वार्ताका लागि शनिबारको समय तय गरिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ।
‘संयोजक रुपसागर देवी उपाध्यायलाई वार्ताका लागि आग्रहपत्र पठाएको छ। आग्रह पत्रमा संघर्ष समितिको आन्दोलनबारे सरकारको ध्यानआर्काषण भएको छ,’ सचिवालयले भनेको छ।
पीडितको मागबारे वार्ता सम्वादका माध्यमबाट तत्काल समाधान गर्न आग्रह गरिएको हो।
प्रकाशित मिति: ०६:४० बजे, शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











