‘सुन तस्करीमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्छ’
शुक्रबार बसेको राज्य व्यवस्था तथा सुसाशन समितिको बैठकमा तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद बैठकमा खोज्नुपर्ने बताए ।
काठमाडौं, साउन १९ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छन्।
शुक्रबार बसेको राज्य व्यवस्था तथा सुसाशन समितिको बैठकमा तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद बैठकमा खोज्नुपर्ने बताए ।
शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको पनि बताए । छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्ने कार्यले समस्याको समाधान नदिने पनि उनले बताए।
‘संसदमा मन्त्री र प्रधानमन्त्रीहरूले पनि जवाफ दिनुपर्छ । यहाँ पनि बोलाउने अधिकार छ । नबोलाउने कुरै छैन,’ शर्माले भने, ‘छानबिन गर्ने सन्दर्भमा कुनै मोलाहिजा नराखीकन सरकारले छानबिन गर्नुपर्छ । निर्दोष कोही फस्नुहुन्न। दोषी कोही उम्किनुहुन्न भनेर नेपाली काँग्रेसले निर्णय नै गरेको छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सक्कली सुन प्रकरणसम्म छानबिनको लागि माग गरेको स्मरण पनि गराए।
सरकारको कमजोरीका कारण विमानस्थलबाट सुन तस्करी भएको भन्दै महामन्त्री शर्माले सिनामंगल चोकमा सरकारले नै सुन समातेको पनि बताए।











