Kathmandu Press

‘संघीय निजामती सेवा ऐनअन्तर्गत कर्मचारी व्यवस्थापनका केही कठिनाइ’

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा मन्त्री मोदीले कर्मचारी व्यवस्थापन लगायतमा समस्या समाधानका लागि नयाँ ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको बताए।
‘संघीय निजामती सेवा ऐनअन्तर्गत कर्मचारी व्यवस्थापनका केही कठिनाइ’

काठमाडाैं, साउन १९ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनअन्तर्गत कर्मचारी व्यवस्थापनका केही कठिनाइ भएकाले व्यवस्थापन गर्न खोजिएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा मन्त्री मोदीले कर्मचारी व्यवस्थापन लगायतमा समस्या समाधानका लागि नयाँ ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको बताए।

मन्त्री मोदीले अहिले तीन सयभन्दा बढी स्थानमा लामो समयसम्म निमित्तको जिम्मेवारीमा रहेका स्थानीय तहमा कर्मचारी व्यवस्थापनको काम भइरहेको जानकारी दिए।

उहाले सिंहदरबारमा लामो समयदेखि काम गरिररहेका कर्मचारीको पनि ज्येष्ठता तथा क्षमताका आधारमा सरुवा गरिने धारणा राखे। मधेस प्रदेशका स्थानीय तहमा निमित्तबाट चलाउने कार्य शून्यमा झारिएको उनले बताए।

उहाले भ्रष्टाचार अन्त्यका लागि सरकार प्रतिवद्ध रहेको र अर्थतन्त्रको सुधार, समाजमा रहेका असमानता अन्त्यमा सरकारको ध्यान केन्द्रित रहेको जिकिर गरे। 

प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्