Kathmandu Press

‘सुन तस्करी प्रकरणमा शक्तिशाली जाँचबुझ आयोग गठन गर्न आवश्यक’

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानले सुन प्रकरणमा जाँचबुझ आयोग ऐन अनुसार शक्तिशाली आयोग बनाउन आवश्यक देखिएको बताएका हुन्।
‘सुन तस्करी प्रकरणमा शक्तिशाली जाँचबुझ आयोग गठन गर्न आवश्यक’

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा शक्तिशाली जाँचबुझ आयोग गठन गर्न आवश्यक देखिएको बताएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानले सुन प्रकरणमा जाँचबुझ आयोग ऐन अनुसार शक्तिशाली आयोग बनाउन आवश्यक देखिएको बताएका हुन्।

उनले सुन प्रकरणमा संगठीत अपराध, अन्तरदेशीय अपराध समेत देखिएकाले पनि शक्तिशाली आयोग गठन गर्नुपर्ने जिकिर गरे। सुन प्रकरण जस्तो ठूलो अपराधमा राज्य व्यवस्था समितिले नजरअन्दाज गर्दा प्रमाण लुक्ने, संदिग्ध भाग्ने सम्भावना दिएको हो की भन्ने आशंका पैदा भएको उनले बताए। 

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बल प्रयोगबाट समाधान खोज्ने प्रयास गर्दा सदन अवरुद्ध भएको भन्दै सदनमा सहज रुपमा आवाज उठाउन पाउने वातावरण बनाउनुपर्ने बताए। उनले सुन प्रकरणमा गहिराईमा पुगेर छानविन गर्नुपर्ने माग सहि भए पनि माग राख्ने थलोलाई सहि ढंगले प्रयोग गर्न नसकिएको जिकिर गरे। सुन प्रकरणमा मन्त्री र प्रधानमन्त्रीको जवाफ सुन्ने अधिकार सम्पूर्ण सांसदहरुले राख्ने भएकाले सदनमा उक्त अधिकार रक्षा गर्ने सन्दर्भमा राज्य व्यवस्था समितिले बोल्नुपर्ने उहाले बताउए।

त्यस्तै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले हङकङबाट ब्रेशुमा राखेर सुन ल्याउनु आफैमा शंकास्पद देखिएपनि प्रशासनले भने ध्यान दिन नसकेको बताए। उनले सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको सुनिएकाले यस प्रकरणमा गहिराईमा पुग्नुपर्ने धारणा राखे।

बैठकमा समितिका ज्येष्ठ सदस्य चित्र बहादुर केसीले राज्यसत्ता नै लुटपाटमा, भ्रष्टाचारमा लागेका कारण अनुसन्धान निष्कर्षमा पुग्ने आशंका उत्पन्न भएको बताए। 

प्रकाशित मिति: १७:३९ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्