कांग्रेस सांगठनिक सुदृढीकरण अभियानका प्रतिनिधिलाई १८ बुँदे कार्यविधि
कांग्रेसका सह महामन्त्री, केन्द्रीय सदस्यहरू र पूर्व केन्द्रीय सदस्यलाई सांगठानिक सुदृढीकरणका लागि जिल्ला–जिल्लामा खटाएको छ। जिल्लामा रहेका सबै निर्वाचन क्षेत्र हेर्ने गरी एक प्रतिनिधि खटाइएको छ।
काठमाडौं, साउन १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांगठानिक सुदृढीकरणका केन्द्रीय प्रतिनिधिलाई कार्यविधिसहित जिल्लामा खटाएका छन्। प्रतिनिधिलाई १८ बुँदे कार्यविधि थमाइएको छ।
कांग्रेसका सह महामन्त्री, केन्द्रीय सदस्यहरू र पूर्व केन्द्रीय सदस्यलाई सांगठानिक सुदृढीकरणका लागि जिल्ला–जिल्लामा खटाएको छ। जिल्लामा रहेका सबै निर्वाचन क्षेत्र हेर्ने गरी एक प्रतिनिधि खटाइएको छ।
उनीहरुलाई असार २१ र २२ गते भएको जिल्ला सभापति बैठकको १४ बुँदे आन्तरिक प्रतिबद्धता र पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय दिइएको छ।
सांगठानिक सुदृढीकर अभियान शनिवारबाट सुरु हुने छ। केन्द्रले दिएको कार्यविधिअनुसार प्रतिनिधिहरुले सबै जिल्लामा अभियान थालिने काँग्रेसले जनाएको छ।
साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि जिल्ला–जिल्लातर्फ लागेका छन्। अभियानमा प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्य खटिएका छन्।