Kathmandu Press

झापा कारागारमा कैदीबन्दीबीच झडप र आगजनी (भिडियाेसहित)

झडपकै क्रममा कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ। भद्रपुर, मेचीनगर र बिर्तामोडबाट गएका दकमलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको र आगो नियन्त्रणमा लिइसकेको त्यही रहेका एक सुरक्षाकर्मीले जानकारी दिए।
झापा कारागारमा कैदीबन्दीबीच झडप र आगजनी (भिडियाेसहित)

झापा, साउन १९ : झापा कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा आगजनी भएको छ। झापा जिल्ला कारागार भद्रपुरमा कैदीको सरुवाको विषयमा झडप हुँदा आगजनी भएको हो।

झडपकै क्रममा कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ। भद्रपुर, मेचीनगर र बिर्तामोडबाट गएका दकमलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको र आगो नियन्त्रणमा लिइसकेको त्यही रहेका एक सुरक्षाकर्मीले जानकारी दिए।

कारागारमा रहेका कैदीबन्दीहरुले बाहिर सुरक्षाकर्मीहरु रहेको ठाँउमा समेत ढुङ्गा प्रहार गरेपछि थप तनाव सिर्जना भएको जनाइएको छ। कैदीबन्दीहरुले नाराबाजीसहित आन्दोलन गरेपछि कारागारभित्र तनाव सिर्जना भएको थियो।

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्