माओवादीकाे केन्द्रीय समितिमा थपिए २२ महिला, काेकाे परे?
केन्द्रीय समितिमा ३५ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना महिला थपेको बताइएकाे छ। थपिएका महिलाहरू आजकै बैठकदेखि केन्द्रीय समिति बैठकमा सहभागी भएकाे एक नेताले बताए।
काठमाडौं, साउन १९ : माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थपेको छ।
केन्द्रीय समितिमा ३५ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना महिला थपेको बताइएकाे छ। थपिएका महिलाहरू आजकै बैठकदेखि केन्द्रीय समिति बैठकमा सहभागी भएकाे एक नेताले बताए।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबारको केन्द्रीय समिति बैठकमा ३५ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए।
हाल ३८५ सदस्यीय रहेकाे माओवादी केन्द्रको केन्द्रीय समिति २४ महिला थपेसँगै ४०७ सदस्यीय भएकाे छ।
थपिएका सदस्यमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही, छमकुमारी खनाल, दिलमाया बुढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक, शरू चौधरी छन्।
२०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्याउने निर्णय गरे पनि हालसम्म कार्यान्वयन भएको थिएन।











