Kathmandu Press

नेकपा एसका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्य पार्टीबाट निष्कासित 

नेकपा एसको तर्फबाट शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कर्माचार्यले पार्टी हितकाविरुद्ध गतिविधि गरेको उल्लेख गरेकोले कारवाी गरिएको उल्लेख गरिएको छ। 
नेकपा एसका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्य पार्टीबाट निष्कासित 

काठमाडौं, साउन १९ : नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्यलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। 

नेकपा एसको तर्फबाट शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कर्माचार्यले पार्टी हितकाविरुद्ध गतिविधि गरेको उल्लेख गरेकोले कारवाी गरिएको उल्लेख गरिएको छ। 

शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको ६२ औं बैठकले पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इञ्चार्ज कर्मचार्यलाई पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाकाविरुद्धमा क्रियाकलाप गरी अनेकौ पटक सम्झाउँदा पनि पार्टी हित विपरित गएकोले कारवाही गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
 
प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्