Kathmandu Press

दोलखा पहिरो अपडेट : घाइते दुई जनालाई काठमाडौं लगियो

दोलखा पहिरो अपडेट : घाइते दुई जनालाई काठमाडौं लगियो 
दोलखा पहिरो अपडेट : घाइते दुई जनालाई काठमाडौं लगियो

दोलखा, साउन १९ : दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ। 

घाइते ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीलाई उपचारको लागि शुक्रबार दिउँसो काठमाडौं लगिएको हो। उनीहरूकी बुहारी २२ वर्षीय सीता थामीको दोलखाको सिँगटी अस्पतालमा उपचार भइरहेको छ।  

सो पहिरोमा परि एक नाबालक प्रिन्स थामीको ज्यान गएको छ  भने स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीय देवीमाया मगर बेपत्ता छन्।  

गए राति गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारमा घर पुरेको थियो। पहिरोले घर पुर्दा सो घटना भएको हो। पहिरोमा हराएकोको खोजी जारी रहेको दोलखा प्रहरीले जनाएको छ। 

पहिरोका कारण दुईवटा वडाका आठ घरमा क्षति पुगेको छ भने ३२ बढी घर जोखिममा परेको छन्। जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। ०००
 

प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्