सामाखुसी खोलामाथिको ढलान भत्काउने काम तीव्र
सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो।
काठमाडौं, साउन १९ : काठमाडौं महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ।
सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो।
खोलामाथि ढलान बनाउन नपाउने भए पनि स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ । महानगरले सामाखुसी, रानीबारीलगायतका क्षेत्रको सबै ढलान हटाउने जनाएको छ।
केही दिनअघि सामाखुसीमा एक बालक खसेर बेपत्ता भएपछि खोलामाथि रहेको ढलानकाे स्ल्याबका कारण उद्धारमा समस्या भएको थियो।

प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार