Kathmandu Press

सर्वोच्च अदालतमा धेरै चुनाैती छन् : न्यायाधीश भट्टराई 

शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पस प्रथम स्ववियु अभ्यास अदालत प्रतियोगिता २०८० फाइनल प्रतिस्पर्धा कार्यक्रममा न्यायाधीश एक जनालाई मात्र अन्याय भयो भने पनि पोल्ने बताएका छन्। 
सर्वोच्च अदालतमा धेरै चुनाैती छन् : न्यायाधीश भट्टराई 

काठमाडौं, साउन १९ : सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईले सर्वोच्च अदालतमा धेरै चुनौती रहेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पस प्रथम स्ववियु अभ्यास अदालत प्रतियोगिता २०८० फाइनल प्रतिस्पर्धा कार्यक्रममा न्यायाधीश एक जनालाई मात्र अन्याय भयो भने पनि पोल्ने बताएका छन्। 

उनले भने, ‘सर्वोच्च अदालतमा धेरै चुनौती छ। तपाईको आफ्नो कम्पिटेन्स हैन कि तपाइले दिएको फैसला अन्तिम हुन्छ कथम कदाचित अन्याय पर्यो भने पोल्छ। एक जनालाई मात्र पनि अन्याय भयो भने धेरै नरमाइलो हुन्छ। व्यक्तिगत रुपमा नै हामीलाई नरमाइलो लाग्छ। यो चुनौतीपुर्ण छ र तपाईले प्रतिष्पर्धा गर्ने कुरामा पनि चुनौती छ। ’ 

न्यायाधीश भट्टराईले आफूहरुले १० वर्षमा धेरै मुद्दा फछर्याेट गरेको बताए। परेको मुद्दाभन्दा करिब १९ सय बढी मुद्दा छिनेको उनको भनाइ थियो।
 
प्रकाशित मिति: १२:१२ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्