दोलखा पहिरो अपटेड : एक बालकको मृत्यु, तीन जना बेपत्ता
दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा गएको पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको हो।
दोलखा, साउन १९ : दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ।
दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा गएको पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको हो।
पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। वेपत्ता हुनेमा टोपाटारका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र स्थानीय हरिलाल श्रेष्ठ बेपत्ता छन्।
बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइयको छ। उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।
बिहीबार राती परेको भीषण वर्षाले गौरीशंकर ७ र ८ मा ३२ वटाभन्दा बढी घरमा क्षति गरेको छ। टोपाटारबाट तीन जना घाइतेको उद्धार गरिएको छ। पहिरोले टोपाटारका ७ घरमा क्षति पुगेको छ।
पहिरोले विद्युतका पोलहरूसमेत बगाएको छ भने ग्रामीण सडक अवरुद्ध भएको छ। टोपाटार पारि गौरीशंकर गाउँपालिका–८ खारेको सल्लेमा २ घर पहिरोले पुरेको छ। त्यहाँका २० वटाभन्दा बढी घरमा पहिरोको जोखिम भएपछि स्थानीयले घर छोडेकाे प्रहरीले जनाएकाे छ।











