Kathmandu Press

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं, साउन १९ : नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो।

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

आगामी भदौ ५, ६ र ७ गते काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। बैठकमा पार्टीको महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताए।

प्रकाशित मिति: १०:४० बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्