Kathmandu Press

माओवादी केन्द्रीय समिति बैठक बस्दैं, सदस्यहरूले धारण राख्ने क्रम जारी रहने

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।
माओवादी केन्द्रीय समिति बैठक बस्दैं, सदस्यहरूले धारण राख्ने क्रम जारी रहने

काठमाडौं, साउन १९ : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।  गत बुधबारदेखि सुरु भएको बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् । 

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: ०७:४८ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्