Kathmandu Press

प्रस्तावित ६ जना राजदुतको नाम अनुमोदन

बुधबार र बिहीबार बसेको समितिको बैठकले ६ जनाकै सुनुवाई गर्दै सबैको नाम सर्वसम्मत अनुमोनद गरेको हो।
प्रस्तावित ६ जना राजदुतको नाम अनुमोदन

काठमाडौं, साउन १८ : संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन गरेको छ।

बुधबार र बिहीबार बसेको समितिको बैठकले ६ जनाकै सुनुवाई गर्दै सबैको नाम सर्वसम्मत अनुमोनद गरेको हो। बुधबार ३ र बिहीबार ३ जनाको सुनुवाई गरिएको थियो

बैठकको निर्णय सार्वजनिक गर्दै ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तावित सबै ६ जना राजदूतको नाम अनुमोदन भएको जानकारी दिए।  उनलेृ भने, ‘प्रस्तावित सबै व्यक्तिहरुलाई प्रस्ताव गरिएको पदमा नियुक्तिको लागि संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसंञ्चालन नियमावली २०८० नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन गरिएको छ।’

thumb1691070295.jpeg

सरकारले दुई साताअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोगमा आवासीय प्रतिनिधिमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सको राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतको राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डको राजदूतमा धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम सिफारिस गरेको थियो ।

६ जनाउपर ५ वटा उजुरी परेका थिए । प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा परेका ५ वटा उजुरीमध्ये ३ वटा सैद्धान्तिक प्रकृतिका र दुई वटा उजुरी व्यक्तिकेन्द्रित रहेको पनि सभापति कार्कीले बताए।
मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रकाशित मिति: १९:२८ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्