Kathmandu Press

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिस गरेको हो।
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाडौं, साउन १८ : प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन्। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिस गरेको हो।

श्रेष्ठको नाम १ नम्बरमो सिफारिस भएको थियो। श्रेष्ठ सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हुन्।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाश हुँदैछन्।

अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ। समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१औं प्रधानन्यायाधीश बन्नेछन् ।

प्रकाशित मिति: १९:१३ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्