Kathmandu Press

सहकारीपीडित र सरकारबीच ७ बुँदे सम्झौता, आन्दोलन स्थगित

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको रोहबरमा विहीवार दुईपक्षबीच सम्झौता भएको हो।
सहकारीपीडित र सरकारबीच ७ बुँदे सम्झौता, आन्दोलन स्थगित

काठमाडौं, साउन १८ : सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकारबीच ७ बुँदे सम्झौता भएपनि आन्दोलन स्थगित भएको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको रोहबरमा विहीवार दुईपक्षबीच सम्झौता भएको हो। सम्झौतापछि सहकारीपीडितहरूको माइतीघर–बानेश्वर केन्द्रित आन्दोलन आजैबाट स्थगित गरेका छन्। 

सम्झौतामा बचतकर्ताको रकम फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अघि बढाउने, सहकारी क्षेत्रको सुधारका लागि सुझाव दिन गठित कार्यदलमा अनसन/धर्नामा रहेका बचतकर्ताबाट ३ जनालाई आमन्त्रित सदस्यको रूपमा समावेश गर्ने, कर्जा प्रक्रियालाई छोटो छरितो र प्रवभाकारी बनाउने, ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाइ मन्त्रालयले समन्वय गर्नेलगायतका बिषय छन्।
 

प्रकाशित मिति: १७:५६ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्