Kathmandu Press

भ्रष्टाचार, नेतृत्वको जीवनशैलीदेखि पार्टीमा अराजकतासम्मका प्रश्न  

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार राजनीतिक प्रतिवेदन पेस गरेपछि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन्।
भ्रष्टाचार, नेतृत्वको जीवनशैलीदेखि पार्टीमा अराजकतासम्मका प्रश्न  

काठमाडौं, साउन १८ : नेकपा माओवादी केन्द्रको दुई दिनदेखि जारी केन्द्रीय समिति बैठकमा भ्रष्टाचारदेखि नेताहरुका जीवन शैलीसम्म बिषय उठान भएका छन्। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार राजनीतिक प्रतिवेदन पेस गरेपछि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन्। बिहीबारको बैठकमा बोल्दै माओवादीका केन्द्रीय सदस्य गगन पुरीले शिक्षा र स्वास्थ्य संस्थागत भ्रष्टाचार बढेको बताए। सरकारमा भएकाले यसलाई नियन्त्रण गर्न ध्यान नपुगेको टिप्पणी उनको थियो। 

अर्का केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले समाजवादमा जानका लागि पार्टी पदाधिकारीहरुले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताए। यस्तै केन्द्रीय सदस्य लक्ष्मी पुनले जनतासँग भिज्न सक्नेलाई मात्रै पार्टी नेतृत्व हस्तान्तरण गरिनुपर्ने बताइन्। 

अर्का केन्द्रीय सदस्य सन्तोष विष्टले पार्टीका विद्यार्थी मोर्चाको विवाद समाधान नभएको भन्दै आलोचना गरे। केन्द्रीय सदस्य जगत सिंखडाले माओवादी पार्टी पार्टी जस्तो नभएको टिप्पणी गर्दै पार्टीमा अराजकता बढेको बताए। अराजकता नियन्त्रण गर्न नेतृत्व गम्भीर हुनुपर्ने उनको भनाइ थियो। 

बिहीबार बोल्नका लागि भनेर एक सय ८५ जनाले नाम टिपाएका थिए। माओवादी केन्द्रीय समिति बैठकमा तीन सय ८५ जना केन्द्रीय सदस्य सहभागी  छन्। 

प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्