Kathmandu Press

नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना : योद्धा राजकुमारी’

राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिए। 
नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना : योद्धा राजकुमारी’

काठमाडाैं, साउन १८ : नेपालमा एनिमेटेड चलचित्र बनेको छ। ‘सलिना : योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ।

राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिए। 

'यो हाम्रो लागि नयाँ प्रयाश पनि हो, यस्ता चलचित्रको भविष्य के कस्तो छ भन्ने यसले निर्धारण गर्नेछ,' सम्पादक पुरीले भने। रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले संयुक्त रुपमा तयार पाएको चलचित्रलाई तेजशराज जोशीले निर्देशन गरेका छन्। 

सम्पादक पुरीसँगै श्रुति श्रेष्ठले सम्पादन गर्नुभएको चलचित्रमा सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर ग्राफिक्स कलाकार छन्।

कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वराङ्कन गर्नुभएको चलचित्रलाई निर्देशक जोशी र सम्पादक श्रेष्ठले निर्माण गर्नुभएको हो।

प्रकाशित मिति: १७:०० बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्