Kathmandu Press

संसदीय सुनुवाइ समितिबाट ६ राजदूतका नाम अनुमोदन

बुधबार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 
संसदीय सुनुवाइ समितिबाट ६ राजदूतका नाम अनुमोदन

काठमाडौं, साउन १८ : संसदीय सुनुवाइ समितिले विभिन्न मुलुकका लागि प्रस्ताव गरिएका ६ राजदूतका नाम अनुमोदन गरेको छ। 

बुधबार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

अनुमोदन हुनेमा अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री छन्।

त्यस्तै कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईको नाम पनि अनुमोदन भएको छ।

गत असार २६ गते मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ।

प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्