Kathmandu Press

शिक्षासम्बन्धी विधेयक सदनमा पेस गर्न स्वीकृति

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सदनमा पेस गर्न स्वीकृती दिइउको बताइन्।
शिक्षासम्बन्धी विधेयक सदनमा पेस गर्न स्वीकृति

काठमाडाैं, साउन १८ : शिक्षासम्बन्धी विधेयक सदनमा पेस गर्न सरकारले स्वीकृति दिएको छ। 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सदनमा पेस गर्न स्वीकृती दिइएको बताइन्।

साथै श्रम नियमावलीलाई स्वीकृत गर्ने र विज्ञापन (नियमन गर्ने) पहिलो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको उनले जानकारी दिइन्। 

त्यस्तै प्रवक्ता शर्माले काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जग्गा प्राप्तिसम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको जानकारी दिइन्।

बैठकले पूर्व सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गरेको बताउँदै कमला–ढल्केबर–पथलैया सडकखण्ड स्तारोन्नतिका लागि सडक सीमाभित्र पर्ने घर र टहरालगायत संरचनाको क्षतिपूर्ति दिएर हटाउन स्वीकृति दिने निर्णय भएको बताइन्।

त्यस्तै खाद्य तथा पोषण सुधार कार्यक्रम–दोस्रोका लागि विश्व बैंकबाट करिब दुई अर्ब ६२ करोड बराबरको अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली बनाउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्। 

प्रकाशित मिति: १६:१४ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्