Kathmandu Press

ललिता निवास प्रकरणमा छुटे पोखरेल र खेतान 

पक्राउ परेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान रिहा भएका हुन्। 
ललिता निवास प्रकरणमा छुटे पोखरेल र खेतान 

काठमाडौं, साउन १८ : ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई आरोपी थुनामुक्त भएका छन्।

पक्राउ परेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान रिहा भएका हुन्। 

अनुसन्धानका लागि भनेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरुलाई पक्राउ गरेका थियो। पोखरेललाई स्वास्थ्यको कारण छाडिएको हो भने खेतानले आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको हो।

जिल्ला अदालत काठमाडौंले यसअघि पोखरेलको स्वास्थ्य समस्याका कारण हाजिर जमानीमा छाड्न आदेश दिएको थियो। अब सीआईबीको हिरासतमा अब २० जना छन्। 
 
प्रकाशित मिति: १४:४४ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्