Kathmandu Press

जनमत पार्टीले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने 

जनमत पार्टीले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने 

काठमाडौं, साउन १८ : जनमत पार्टीका अध्यक्ष सिके राउतले, आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकले सरकारमा सहभागि हुने वा नहुनेबारे ठोस निर्णय गर्ने बताएका छन्। 

बिहीबार पत्रकारसंग उनले आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने बताए।  उनले, संगठन सुदृढिकरण अभियानलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल हुने पनि जानकारी दिए। 

‘मुख्य एजेण्डा भनेको संगठन सुदृढिकरण अभियान चल्दै छ, त्यसलाई अझै कसरी प्रभावकारी बनाउने विषयमा नै केन्द्रीत रहेको छ। विभिन्न समितिहरुमा मनोनीत गर्नुपर्ने नामहरु टुङ्ग्याउन र विभिन्न विभागहरु गठन गर्नको लागि यो बैठक राखिएको हो। सरकारमा सहभागीताको विषयमा पनि ठोस छलफल हुनेछ,’ उनले भने।  

सो पार्टीको बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। 
 

प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्