भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल आउँदै
नेपालमा आयोजना हुने आयोगको सातौँ बैठक अक्टोवर महिनामा हुँदै छ। त्यही वैठकमा भाग लिन जयशंकर आगामी अक्टोवर महिनामा नेपाल आउन लागेका हुन्।
काठमाडौं, साउन १८ : भारतीय विदेशमन्त्री डा.एस जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउने भएका छन्।
नेपालमा आयोजना हुने आयोगको सातौँ बैठक अक्टोवर महिनामा हुँदै छ। त्यही बैठकमा भाग लिन जयशंकर आगामी अक्टोवर महिनामा नेपाल आउन लागेका हुन्।
नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामको मूल्याङ्कन गर्ने भन्दै परराष्ट्रमन्त्री स्तरीय उक्त संयन्त्र बनेको थियो। भारतीय विदेश मन्त्री डा.एस नेपाल आउने बिषयलाई भारतीय सञ्चारमाध्यमहरुले समेत समाचारको विषय बनाएका छन्।
बैठकमा दुई देशबीच सहकार्यका विभिन्न क्षेत्रजस्तै कनेक्टिभिटी, अर्थ–वाणिज्य, ऊर्जा सहकार्य र जलस्रोत लगायतका छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: १४:११ बजे, बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











