Kathmandu Press

एमालेकाे अवराेधपछि राष्ट्रिय सभा बैठक स्थगित, अर्काे बैठक साउन २२ मा बस्ने

एमाले सांसदले उभिएरै निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सेनाले अर्को बैठक साउन २२ गते आइतबार दिउसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।
एमालेकाे अवराेधपछि राष्ट्रिय सभा बैठक स्थगित, अर्काे बैठक साउन २२ मा बस्ने

काठमाडौं, साउन १८ : सुन तस्करी प्रकरणको छानबिनका लागि माग गर्दै उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विहीवार राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ । 

बैठकको सुरुवातमै एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा ल्याउने सुनिश्चित नभएसम्म संसद् चल्न नदिने भन्दै ‘रुलिङ’ गर्न माग गरेका थिए।

एमाले सांसदहरुले आसनबाट उठेर सरकारले सुन तस्करी प्रकरणमा छानबिन समिति नबनाएसम्म बैठक चल्न नदिने भन्दै अवरुद्ध गरेका छन् । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले छलफल र संवादबाट टुंगोमा पुग्न आग्रह गरे। एमाले सांसदले उभिएरै निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सेनाले अर्को बैठक साउन २२ गते आइतबार दिउसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन गत साउन २ मा सिनामंगल सडकबाट बरामद भएको थियो। राजस्व अनुसन्धान विभागबाट हाल छानबिन भइरहेको छ । 
 

प्रकाशित मिति: १३:४२ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्