Kathmandu Press

रवि लामिछानेले भोटको सस्तो राजनीति गर्न खोजे : महासचिव पाेखरेल

आज सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले चितवनजस्तो सचेत ठाउबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्नुपर्नेमा जोड दिएक छन्।
रवि लामिछानेले भोटको सस्तो राजनीति गर्न खोजे : महासचिव पाेखरेल

बुटवल, साउन १८ : एमाले महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति गर्न खोजेको बताएका छन्।

आज सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले चितवनजस्तो सचेत ठाउबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्नुपर्नेमा जोड दिएक छन्।

रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधबार चितवनमा सुरु महिलाका लागि निःशुल्क बस सञ्चालनमा ल्याएका थिए। त्यसप्रति सकारात्मक–नकारात्मक टिप्पणी भइरहेका बेला उनले महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्,  ‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौं भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनुपर्छ। हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनुपर्दछ,’ उनले भनेका छन्, ‘तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो।’

ब्लु बस निःशुल्क सञ्चालनको स्रोत के हो भनेर प्रश्न उठिरहेका बेला महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचारले ‘हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको  उनले बताएका छन्।

‘दुनियाका धेरै मुलुकहरुमा महिलाहरु बन्द समाजमा जकडिएको  बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरु सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र थिए। उत्पादनको काममा परिवारका सदस्यहरुसंग मिलेर एकसाथ काम गर्दथे । जबकि अहिले युवाहरुको ठुलो संख्या रोजगारीका शिलशिलामा विदेशीएका बेला ठुलोसंख्यमा महिलाहरु परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन्, उनले लेखेका छन्, ‘यस्तो अवस्थामा आफुलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान? जिज्ञासा उठ्नु स्वाभाविक हो।’

नेपाली समाजमा यतिवेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता भएको, चितवन महिला जागरण र जागृतिको थलो रहेको, पञ्चायतकालमा आफू विद्यार्थी राजनीतिका सिलसिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको पनि उनले बताएका छन्।

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्