Kathmandu Press

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरि बैठक बोलाइएको हो। बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुनेछ। 
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, साउन १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरि बैठक बोलाइएको हो। बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुनेछ। 

पार्टीको राजनीतिक दस्तावेजलाई अन्तिम रूप दिने र आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने रास्वपाको तयारी छ। रास्वपामा १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहे पनि अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन्।
 
प्रकाशित मिति: ११:४० बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्