Kathmandu Press

लक्ष्मीको ‘राख तिम्रो मुटुभित्र’ सार्वजनिक (भिडियोसहित)

शब्द, संगीत र स्वर आफैं गरेकी लक्ष्मीले पहिलो पल्ट म्युजिक भिडियोको निर्देशन समेत आफैं गरेकी छन् । भिडियोमा मल्लिका राजोपाध्याय र जतिन ताम्राकार फिचर्ड छन् । 
लक्ष्मीको ‘राख तिम्रो मुटुभित्र’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन १८ : गायिका लक्ष्मी हमालले ‘लभ सङ’ राख तिम्रो मुटुभित्र सार्वजनिक गरेकी छन् । श्रावण मेलाको छेको पारेर शिव भजन ‘ओम भोले शंकरा’ ल्याएकी लक्ष्मीले लगत्तै ‘लभ सङ ’ राख तिम्रो मुटुभित्र सार्वजनिक गरेकी हुन् । 

शब्द, संगीत र स्वर आफैं गरेकी लक्ष्मीले पहिलो पल्ट म्युजिक भिडियोको निर्देशन समेत आफैं गरेकी छन् । भिडियोमा मल्लिका राजोपाध्याय र जतिन ताम्राकार फिचर्ड छन् । 

Hardik ivf

मल्लिका लक्ष्मीको यसअघि सार्वजनिक बस्यो पिरती, आउसँगै झुमि नाँचौँमा समेत देखिइसकेकी छन् भने जतिन उनको म्युजिक भिडियोमा पहिलो पल्ट देखिएका हुन् । 

दिपक गिरीको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोको एडिटिङ तथा कलरिङ अमृत चापागाईले गरेका छन् । तास स्टुडियोले मास्टरिङ गरेको अडियोको एरेन्जर सञ्जय हमाल हुन् ।

प्रकाशित मिति: ०८:४८ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्