Kathmandu Press

संवैधानिक परिषद्को बैठक बस्दै 

बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । महालेखा परीक्षक टंकमणि शर्माले ६ वर्षे कार्यकाल पूरा गरी जेठ ७ गतेदेखि अवकाश लिएपछि रिक्त छ।
संवैधानिक परिषद्को बैठक बस्दै 

काठमाडौं, साउन १८ : संवैधानिक परिषद्को बैठक आज बस्दै छ। प्रधानन्यायाशीध, रिक्त रहेका संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।

बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । महालेखा परीक्षक टंकमणि शर्माले ६ वर्षे कार्यकाल पूरा गरी जेठ ७ गतेदेखि अवकाश लिएपछि रिक्त छ। संविधान अनुसार महालेखा परीक्षकको पदावधि सकिन एक महिना बाँकी छँदै सिफारिस भइसक्नु पर्ने थियो।

त्यस्तै, प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको पनि साउन २० गतेदेखि पदावधि सकिँदै छ। तर, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको छैन।

आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ। उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन्।

प्रकाशित मिति: ०७:५० बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्