माओवादी केन्द्रीय कमिटी बैठक आज पनि बस्दैं, बाँकी सदस्यहरूले आफ्नो धारणा राख्ने
बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् ।
काठमाडौं, साउन १८ : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् ।
प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि सुरु बैठकमा पहिलो दिन १८ जना सदस्यले धारणा राखेका थिए । बाँकी सदस्यहरूले क्रमशः आफ्नो मत राख्दै जाने छन् ।
केन्द्रीय सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनसँगै समसामयिक विषयमा धारणा राखिरहेका छन् ।
प्रकाशित मिति: ०७:३३ बजे, बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार