Kathmandu Press

‘तीन दिनभित्र विश्वासको मत लिन्छौं’

बुधबार साँझ शपथ ग्रहणपछि उनले सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने प्रष्ट पारे।
‘तीन दिनभित्र विश्वासको मत लिन्छौं’

काठमाडौं, साउन १७ : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी तीन दिनभित्र सरकारले विश्वासको मत लिने बताएका छन्।

बुधबार साँझ शपथ ग्रहणपछि उनले सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने प्रष्ट पारे।

उनले अवरुद्ध सदनलाई सञ्चालन राख्न, विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्न तथा रोकिएको बजेटलाई सदनमार्फत कार्यान्वयन गर्नेजस्ता मुख्य कार्य वर्तमान सरकारको रहेको बताए।

मुख्यमन्त्री थापाले सरकारले आवश्यकताअनुसार मन्त्रालय थपघट गर्नसक्ने चर्चा गर्दै गठबन्धन दलबीच छलफल गरी सहमतिका आधारमा मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन विभिन्न चरणमा छलफल चलिरहेको बताउँदै वर्तमान सरकारलाई समर्थन दिएर दुर्घटनाबाट जोगाउने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री थापाले राप्रपाबाट वर्तमान सरकारलाई जनताका पक्षमा कार्य गर्नका लागि आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २०:४३ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्