Kathmandu Press

तीन मन्त्री थपिएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पायो

नागरिक उन्मुक्तिबाट रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र कैलाश चौधरी कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् । यस्तै, कांग्रेसका शिवराज भट्ट आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्।
तीन मन्त्री थपिएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पायो

कैलाली, साउन १७ : सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ। लामो रस्सा कस्सीपछि तीन जना मन्त्री थपिएसँगै सरकारले पूर्णता पाएको हो।

सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टीका एक मन्त्री र राज्यमन्त्री तथा कांग्रेसका एक मन्त्री थपिएका छन्।

नागरिक उन्मुक्तिबाट रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र कैलाश चौधरी कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् । यस्तै, कांग्रेसका शिवराज भट्ट आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै साँझ पद तथा गोपनियताको शपथ लिएका छन्। मन्त्री चौधरी र भट्टलाई प्रदेश प्रमुख देवराज जोशी र राज्यमन्त्री चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ गराएका थिए।

काठमाडौंमा गठबन्धनका नेताहरूबीच एक मन्त्री, एक राज्यमन्त्री, उपसभामुख र दुई विषयगत समितिको सभापति दिने सहमति भएपछि उन्मुक्ति सरकारमा सहभागी भएको हो। एमालेबाट उपसभामुख बनेकी कोइलीदेवी चौधरीलाई हटाएर उन्मुक्तिका प्रदेश सभा सदस्यलाई उपसभामुख बनाउने तयारी गठबन्धनको छ।

प्रकाशित मिति: २०:३८ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्