प्रस्तावित ६ मध्ये ३ राजदूतको सुनुवाइ सकियो
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका लागि प्रस्तावित नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, जेनेभास्थित राष्ट्रसंघीय नियोग र स्वीट्जरल्याण्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको सुनुवाई सकेको हो।
काठमाडौं, साउन १६ : संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ जना राजदूत मध्ये ३ जनाको सुनुवाई सकेको छ।
सिंहदरवारमा बुधबार बसेको बैठकले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका लागि प्रस्तावित नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, जेनेभास्थित राष्ट्रसंघीय नियोग र स्वीट्जरल्याण्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको सुनुवाई सकेको हो।
बाँकी प्रस्तावित राजदूत संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र थाइल्यान्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओलीको सुनुवाई बिहीबार हुनेछ।
सरकारले प्रस्ताव गरेका सबै राजदूतहरुले परराष्ट्र सेवामा लामो समय काम गरेका छन्।
आजको संसदीय सुनुवाईमा प्रस्तावित राजदूतहरु थापा, सुवेदी र भट्टराईले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।
प्रकाशित मिति: १८:५९ बजे, बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार