मुख्यमन्त्री उद्धव थापाले लिए पद तथा गोपनीयताको शपथ
प्रदेश प्रमुख परशुराम खापुङले उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्। यसअघि असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
विराटनगर, साउन १७ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्। यसअघि असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले थापाको नियुक्ति बदर गरिदिएको थियो। मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए।
निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै उनले शपथ समारोह बहिष्कार गरेका छन्। उनले संविधानको सर्वोच्चता, प्रदेशमा विगतमा गरिएको अभ्यास र सर्वोच्चको फैसलालाई समेत लत्याएको उनले बताए।
प्रकाशित मिति: १७:५६ बजे, बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











