Kathmandu Press

सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको ओलीकाे आरोप

तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दबाब दिएको आरोप लगाएका हुन्।
सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको ओलीकाे आरोप

काठमाडाैं, साउन १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको आरोप लगाएका छन्।

तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दबाब दिएको आरोप लगाएका हुन्। उनले सुन तस्करी प्रकरणमा सदनमा सांसदहरुले आवाज उठाउने भएकाले सरकार डराएको जिकिर गरे।

सरकारले नै सदनको अवरोध हटाउन नचाहे पनि बालुवाटारमा भएको सहमति संसदमा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैलाइएको उनले बताए।

ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको उल्लेख गरे। आफूहरु सरकारले बनाएको छानविन समितिको विरोधमा नभएको तर अर्को निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड रहेको उनले बताए।

अध्यक्ष ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि कांग्रेसले केही नबोल्नु अचम्म भएको बताए। सुन तस्कारीको छानिबन गर्न नसक्ने पारदर्शीताको कुरा गर्न नसुहाउने उनले बताए। 

प्रकाशित मिति: १७:४० बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्