Kathmandu Press

सुदूरपश्चिम सरकारले पायाे पूर्णता, भट्ट र चौधरी मन्त्रीमा नियुक्त, शपथ ६ बजे

कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेर उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
सुदूरपश्चिम सरकारले पायाे पूर्णता, भट्ट र चौधरी मन्त्रीमा नियुक्त, शपथ ६ बजे

धनगढी, साउन १७ : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिएका छन्।

कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेर उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको छ। नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रमसाँझ ६ बजे प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ।

भट्ट बैतडीको प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए।

शाह माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

प्रकाशित मिति: १७:४६ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्