Kathmandu Press

निर्वाचित भएको सय दिन पारेर रवि लामिछानेद्वारा विशेष कार्यक्रम सार्वजनिक

बुधबार चितवनमा आयोजित कार्यक्रमकाबीच लामिछानेले निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन्। घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा बुधबारबाटै निःशुल्क सञ्चालन सुरु भएको छ।
निर्वाचित भएको सय दिन पारेर रवि लामिछानेद्वारा विशेष कार्यक्रम सार्वजनिक

चितवन, साउन १७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन्।

बुधबार चितवनमा आयोजित कार्यक्रमकाबीच लामिछानेले निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन्। घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा बुधबारबाटै निःशुल्क सञ्चालन सुरु भएको छ।

लामिछानेले निर्वाचनको समयमा घोषणा गर्नुभएको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा कार्यान्वयनमा ल्याएको जनाएका छन्।

लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गर्नुभएको छ । त्यस्तै पैसठ्ठी वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

सो क्रममा लामिछानले आफुले सुुरु गरेका कार्यक्रमहरुलाई निरन्तरतामा ध्यान दिइने बताए। लामिछानेले योजनाबद्ध ढंगले आफूले घोषणा गरेका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाउने जिकिर गरे।

लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमुना विद्यालयका रुपमा विकास गर्ने बताएका छन्। लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकताको विवादका कारण सर्वोच्चको फैसलासँगै पद रिक्त भएको थियो ।

उपनिर्वाचन भएर दोस्रो पटक निर्वाचित भएको बुधबार एक सय दिन पुगेको हो ।

प्रकाशित मिति: १७:०२ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्