Kathmandu Press

सरकार छाड्नै परे पनि तयार छौं : प्रचण्ड 

प्रचण्डले बैठकमा भने, ‘सरकार नै छोड्न परे तयार छौं तर यसपटक भ्रष्टाचार र सुशासनको अभियान छाडदैनौं र रोक्दैनौं।’
सरकार छाड्नै परे पनि तयार छौं : प्रचण्ड 

काठमाडौं, साउन १७ : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार छाड्नु परे पनि भ्रष्टाचार र सुशासनको अभियान नछाड्ने बताएका छन्। 

उनले सरकार छाड्नुपरे पनि शुसासन कायम गरेर मात्र छाड्ने बताए। केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले सरकारको काम रोक्ने प्रयास भैरहेको दाबी समेत गरेका छन्। प्रचण्डले बैठकमा भने, ‘सरकार नै छोड्न परे तयार छौं तर यसपटक भ्रष्टाचार र सुशासनको अभियान छाडदैनौं र रोक्दैनौं।’

गठबन्धनभित्र विश्वासको वातावरण बनेको र गठबन्धन झन् बलियो हुँदै गएको भनाई उनको छ। ‘सरकारले राम्रो काम गर्दै गएको छ, तर सरकारको अभियान रोक्न घेराबन्दी भने जारी छ, तर यो निष्कर्षमा पु¥याउछौं,’ प्रचण्डले भने। सरकारले चलाएको भ्रष्टाचार र सुशासनको अभियान नरोकिने उनको भनाई थियो। 

समाजवादी मोर्चा बनेको भएर पनि काम गर्नसहज भएको पनि उनले बताए। ‘गठबन्धनभित्र विश्वासको वातावरण मात्र बनेको छैन, गठबन्धन बलियो हुँदै गएको छ,’ प्रचण्डले भने। 
 

प्रकाशित मिति: १६:२२ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्