Kathmandu Press

कानुन व्यवसायी पाण्डे पक्राउ 

उनीविरुद्ध गत साता प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा तामाङ र मगर समूदायमा दाजुभाइबीच विवाह हुने र त्यही जिनका कारण आपराधिक गतिविधि बढ्ने धारणा सार्वजनिक गरेपछि विवादमा परेकी थिइन्।
कानुन व्यवसायी पाण्डे पक्राउ 

काठमाडौं, साउन १७ : कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन्। शुक्रवारै जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

उनीविरुद्ध गत साता प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा तामाङ र मगर समूदायमा दाजुभाइबीच विवाह हुने र त्यही जिनका कारण आपराधिक गतिविधि बढ्ने धारणा सार्वजनिक गरेपछि विवादमा परेकी थिइन्।

उक्त भनाइलाई लिएर नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र  नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए।

भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान गरिने भएको छ। विवादास्पद अभिव्यक्ति दिएको आरोप खेप्दै आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई पक्राउको माग गर्दै काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा समेत गरिएको थियो। 

आन्दोलनमा उत्रिएका तामाङ समूदायका आक्रोशित व्यक्तिले बुधवार अपरान्ह प्रहरी कार्यालयको गेटमा ढुंगामुढा गरेका थिए। ढुंगामुढाबाट प्रहरी र आन्दोलनकारी घाइते भएका थिए। 

प्रकाशित मिति: १६:१५ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्