Kathmandu Press

 माओवादी केन्द्रले भदौदेखि तीन महिनासम्म संगठन सुदृढीकरण अभियान चलाउने

आज (बुधबार) सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी गराएका हुन्।
 माओवादी केन्द्रले भदौदेखि तीन महिनासम्म संगठन सुदृढीकरण अभियान चलाउने

काठमाडौं, साउन १७ : माओवादी केन्द्रले आगामी भदौदेखि ३ महिनासम्म संगठन सुदृढीकरण अभियान चलाउने भएको छ।

आज (बुधबार) सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी गराएका हुन्।

अभियानका क्रममा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा उल्लेख छ। संगठन सुदृढिकरणका लागि पार्टी सदस्यता बढाउने पनि प्रतिवेदनमा उल्लेख छ। 

अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने पनि प्रतिवेदनमा उल्लेख छ।

विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्या भन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने पनि बताइएकाे छ। उनले माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने पनि प्रचण्डले बताए।

प्रकाशित मिति: १५:४० बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्