Kathmandu Press

मुख्यमन्त्री शाहले बाेलाए कांग्रेस संसदीय दलको बैठक

कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनले मन्त्रीको नाम टुंग्याउन बैठक बोलाएका हुन्। तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली छ।
मुख्यमन्त्री शाहले बाेलाए कांग्रेस संसदीय दलको बैठक

धनगढी, साउन १७ : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन्। बैठक दिउँसो ४ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनले मन्त्रीको नाम टुंग्याउन बैठक बोलाएका हुन्। तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली छ।

त्यसमा कसलाई पठाउने भन्ने विषयमा छलफल हुने भए पनि बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्टलाई मन्त्री बनाउने तयारी गरेको  स्रोतको भनाइ छ।

उनको नाममा पार्टीभित्र करीब सहमति जुटिसकेकाले दलको बैठकले मन्त्रीमा भट्टलाई पठाउने एकजना प्रदेशसभा सदस्यले बताए। शाहले बुधबार नै प्रदेश सरकारलाई पूर्णता दिने तयारीसमेत गरेका छन्।

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्